विश्रामपुर गाउँपालिका

आज मिति 2076 साल अषाढ महिनाको 21 गते शनिवारका दिन बिश्रामपुर गाउँपालिकाको कार्यालय द्दारा आयोजित दोश्रो मेयर कप टि-20 लिग क्रिकेट टुर्नामेन्टको फाईनल खेलमा विशाल वारियर्सले टस जिति पहिलो व्याटिङ गर्ने निर्णय गरी विशाल वारियर्सले 19 ओभरमा 124 रन बनाउदै द डगआउटलाई 125 रनको चुनौती दिएकोमा द डगआउटका खेलाडिहरुले 18.4 ओभरमा 116 रन बनाउदै अल आउट भएकोले विशाल वारियर्सले आफ्नो भव्यतापुर्ण 9 रनले जित हात पारेको छ । पुरस्कार वितरण तथा कार्यक्रमको सभापति गाउँपालिका अध्यक्ष श्री अमिरीलाल राउत (पाल), मुख्य अतिथीहरु 1 नं वडाका वडाध्यक्ष श्री हृदयनारायण प्रसाद यादव, 2 नं वडाका वडाध्यक्ष श्री अजय कुमार यादव, 3 नं वडाका वडाध्यक्ष श्री शिवचन्द्र प्रसाद यादव, 4 नं वडाका वडाध्यक्ष श्री मदन प्रसाद यादव, 5 नं वडाका वडाध्यक्ष श्री भोला साह सोनार, गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री अशोक कुमार क्षेत्री, 1 नं वडाका वडा सदस्य श्री उर्मिला देवी विनिन र अतिथीहरुमा समाजसेवी श्री जुवेर अंसारी तथा गाउँपालिकाको कर्मचारीहरु, सुरक्षा प्रतिनिधीहरु, संचारकर्मीहरु तथा खेल प्रेमी र गाउँपालिकाको भद्र भलादमीहरुको उपस्थितिमा खेल सम्पन्न भयो । उक्त प्रतियोगितामा विजयी टिम विशाल वारियर्सले रु 40,000।- नगद पुरस्कारका साथै मेडल र कप पाएको तथा द डगआउटले रु 25,000।- नगद पुरस्कारका साथै मेडल र कप हात पारेका छन ।

आर्थिक वर्ष: